म त आत्मा हुँँ र मेरो एक शरीर छ
म शरीर हुँ मेरो एक आत्मा छ भन्ने सोचेथेँ भ्रममा रहेछु आजसम्म म त आत्मा रहेछु र मेरो एक शरीर रहेछ ।। म मन्दिर पनि जान्छु तर केही माग्दिन म केही पाएर सुखी हुन्न म सँग केही नभएर दुखी पनि हुन्न ।। शरीरको सान्ती अरुले दिन्छ मनको सान्ती म आफैँमा छ पानीले कमलो हुन सिकायो र समयको बेगमा चट्टान फोड्न पनि ।। अनगिन्ती अंक हुँदा पनि सुन्य अती प्यारो र गहिरो लाग्छ ईन्द्रको स्वर्ग रे अनी अप्सराहरुपनी उनैका तर पनि सम्भुको मगन्ते भेष प्यारो लाग्छ ।। बिउ हेरेर फलको मिठास म भन्न सक्दिन तर अँध्यारो छाउँदा उज्यालो पनि हुन्छ भन्न सक्छु माया बुझ्न बुझाउन शब्दकोशले भ्याएन अनी बुझें हावा र माया उही रहेछ छ, देखिन्न र त्यो बिना बाँच्न सकिन्न रहेछ।। जन्म त अन्त्य अनी मृत्यु सुरुवात रहेछ ।। जन्म त अन्त्य अनी मृत्यु सुरुवात रहेछ ।।