जलचक्र जीवनचक्र
बाफ बनाइ सुर्यले
सागरबाट पानी
हिमालका काखमा पवनले
ल्याइ पुर्याइ
बर्खा बनी झम्झम पानी
खोला सुसाउँछन अनी ।।
संघर्ष गरी अनेकौँ थरी
पुग्न आफ्नो जन्मथलो वरिपरी
नदी, नाला बनिकन पानी
अबिरल बगिरहन्छ सधैंभरी ।।
के यो माया हो? सागर र हिमालको
कती टाढा भइकन पनि
ताप, बायु, जल, आकाश र भुमी
यि पञ्चतत्व कै भरमा हिडिरहन्छ अनी
र यिनमै चलेको मानब शरीर पनि ।।
सागरबाट पानी
हिमालका काखमा पवनले
ल्याइ पुर्याइ
बर्खा बनी झम्झम पानी
खोला सुसाउँछन अनी ।।
संघर्ष गरी अनेकौँ थरी
पुग्न आफ्नो जन्मथलो वरिपरी
नदी, नाला बनिकन पानी
अबिरल बगिरहन्छ सधैंभरी ।।
के यो माया हो? सागर र हिमालको
कती टाढा भइकन पनि
ताप, बायु, जल, आकाश र भुमी
यि पञ्चतत्व कै भरमा हिडिरहन्छ अनी
र यिनमै चलेको मानब शरीर पनि ।।
जीवन चक्र पनि यसै गरी
काल को भरमा छ सदा
उमेर छ कारक पनि
उही हो बाधक पनि
बच्चा, युवा अनी बयस्क बनी
कालैले लग्छ बुढो भनी ।।
Comments
Post a Comment