Posts

Showing posts from June, 2018

Motivation

There have been situations in your life when u don’t want to do anything anymore. Even, if it is Just for a while. Then your mind starts rebooting and coming back to normal. What is normal? Normal is something that u have been doing everyday. It is something that we are familiar with and not fear it. Like the daily habits :picking up newspapers, dairy, someone having a get together and posting it online..:)   etc. imagine a day some of these habits don’t occur. What happens to your mood? How do u react? Is it the same? Anger is a catalyst. Sadness is outcome. The ‘I’ factor is doer. We can live without all these things. Work, Money, Government . The thing that amuses me is: people elect the government, people do the job and make wealth for themselves, also the government. When I am the one who earns, I am the government. If not, the day I forfeit the system of Governance, it will take time but there will be someone else also. I am born in this world, I should be ...

बिहान

 नयाँँ जीवनको सुरुवात शुभ प्रभात आज केही राम्रो अवस्य हुन्छ उठ, अनी हिँड उज्ज्वल भबिष्यको लागि बिहान भईसक्यो।। सपना देखेको कुरा साकार गर्नु छ आशा बोकेको छु, सफलता चुम्नु छ सुरु गर्दै यही बिहानबाट ब्रह्मन्डको सत्य बुझ्नु छ।। हिजो पनि गैसक्यो, हेर आज भईसक्यो आज, अहिले नभए कहिले? समय आजमा चल्छ, न हिजो न भोली रात अर्कै सुरुवात हो, दिन को होइन बिहान हो भबिष्य, बर्तमान र भुत पनि।। त्यसैले उठ, अनी हिँड उज्ज्वल भबिष्यको लागि बिहान भईसक्यो।। 

यो जिन्दगीमा

   नाच्न, झुम्न, हाँस्न मन लाग्यो तिमी सँग रमेर सधैं सधैं यो जिन्दगीमा। एक्लै कोठामा थुनिएर बस्न मन लाग्यो कसैलाई केही नभनी दु:ख मनाउँदै यो जिन्दगीमा। खुलेर, डुलेर हिंड्न मन लाग्यो हिमाल, पाखा, लेक, बेँशी नयाँँ सुरुवात खोज्दै जिन्दगीमा।। मन चिथोरेर रिसाउन मन लाग्यो संसारको सबै अराजकता सिध्याउन सही र गलतको लफडा यो जिन्दगीमा।। शान्त, ज्ञानी, अटल मन लिएर बस्न मन लाग्यो जन्मेको र मरेको देख्दा उही एउटै सुर सुख र दु:ख एकै नाश यो जिन्दगीमा।।   

मेरो कल्पनाको संसारमा

   मन भुलाउने हजार माध्यम छन म सित । तर मस्तिस्कमा तिमी छौ मेरो भित्र। सुन्दर फुलको बाग। र तिमी छुँदै ति फुलहरु। हाँस्छौ मिठो लहरमा यो मेरो कल्पनाको संसारमा।। रोकिएझैँ लाग्छ धड्कन पनि र जब म तिर हेर्छौ फर्किएर, मुटु पड्किएर सास रोकिन्छ र दिमाग खाली भइदिन्छ। यो मेरो कल्पनाको संसारमा।। तिमी नजिक आउँदा आँखाले देख्दैन अरु केही सुन्यता आभास हुन्छ ओठ चलाउँदा तिमिले सुन्न मात्र मन हुन्छ न बुझ्न न उत्तर दिन, सुनाउँदा तिमीले ति कुरा हाँसेर मज्जामा जब मन हाँसेर आउँछ मेरो र भित्र देखी आनन्द आउँछ यो मेरो कल्पनाको संसारमा।।