हो मैले सिकिसकेँ

सहारा चन्द्रमा  सित छ
चाहिँदैन माया तिम्रो
हराउँदिन भावनामा म
प्रित ताराहरु सित  छ  । ।

अब त म यहाँ भएर पनि छैन
र तिमी
नभएर पनि केही छैन
मैले ताराको राफ ताप्न सिकिसकेँ । ।

हिडिरहँदा बाटो जिन्दगीको
लड्छु अझै पनि
तर बजारीएर पनि उठ्न सिकिसकेँ। ।

आँखाले जे जती हेर्यो
त्यो आकाशमा  साँझ पख
अनी कुरा गर्दा तिनसँग
पूर्णता आभास हुन्छ
र  हेरेरै तिनलाई अचेल
यो मन भर्न सिकिसकेँ । ।
अनी थाहा छ?
मैले त मन खोली तिनसँग बोल्न पनि  सिकिसकेँ।
हो तिमी छैनउ
तर पनि मैले हाँस्न अनी बाँच्न  सिकिसकेँ। ।

हो मैले  सिकिसकेँ। ।

Comments

Popular posts from this blog

त्यहाँ केही छैन ।

म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज

उत्तर