म त आत्मा हुँँ र मेरो एक शरीर छ

 
म शरीर हुँ 
मेरो एक आत्मा छ भन्ने सोचेथेँ
भ्रममा रहेछु आजसम्म
म त आत्मा रहेछु
र मेरो एक शरीर रहेछ ।।

म मन्दिर पनि जान्छु
तर केही माग्दिन
म केही पाएर  सुखी हुन्न 
म सँग केही नभएर दुखी पनि हुन्न  ।।
शरीरको सान्ती अरुले दिन्छ
मनको सान्ती म आफैँमा छ

पानीले कमलो हुन सिकायो
र समयको बेगमा चट्टान फोड्न पनि ।।
अनगिन्ती अंक हुँदा पनि
सुन्य अती प्यारो र गहिरो लाग्छ
ईन्द्रको स्वर्ग रे अनी अप्सराहरुपनी उनैका
तर पनि सम्भुको मगन्ते भेष प्यारो लाग्छ ।।

बिउ हेरेर फलको मिठास म भन्न सक्दिन
तर अँध्यारो छाउँदा उज्यालो पनि हुन्छ भन्न सक्छु
माया बुझ्न बुझाउन शब्दकोशले भ्याएन
अनी बुझें  हावा र माया उही रहेछ
छ, देखिन्न र त्यो बिना बाँच्न सकिन्न रहेछ।।

जन्म त अन्त्य अनी मृत्‍यु सुरुवात रहेछ  ।।
जन्म त अन्त्य अनी मृत्‍यु सुरुवात रहेछ  ।।




Comments

Popular posts from this blog

त्यहाँ केही छैन ।

म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज

उत्तर