Posts

Showing posts from January, 2019

त्यहाँ केही छैन ।

   त्यहाँ केही छैन। हुने भएकोले नै मैले केही भनेको हुँ तर त्यहाँ साँचिकै केही छैन  छ त केबल त्यो खालिपन आफैँमा केही छ त्यो सुन्यता मात्र छ  त्यहाँ जहाँँ केही छैन। त्यो अनेक रुप लिन सक्छ त्यो सबैमा हुन्छ त्यसैले सबै बनेका छन  तर त्यो छैन किन भने त्यहाँ केही छैन त्यो सुन्यता मात्र छ म पनि त्यही हुँँ उ पनि त्यही त्यो पनि त्यही हो यो पनि त्यही तर त्यो र म एउटै देख्दिन हाम्रो सोचहरु पनि हेर मिल्दैन परिस्थिती अनी बाध्यता धेरै छन तर मान्न त धेरै म मान्दिन जे जे त्यो सबै उही हो राम्रो नराम्रो बेग्ला बेग्लै कुरा छन  त्यस्को लागि समय पनि त्यही  हो समय छ ? छैन तर घडी छ? छ  त्यसैले समय पनि छ चक्र छ समयको पनि न त भबिस्य मात्र छ भोली हुने कुरा भईसकेका छन कि ? हिजो भको कुराहरु फेरी हुने हुन कि ? समय छ छैन तर घडी छ यो घडी हेरी बताइदेउ के हुन्छ अब भोली? सबै घुमीरहेछन चक्रमा सुर्य पनि आफ्नैमा ग्रह पनि आफ्नैमा सबै घुमी रहेछन म पनि घुमिरहेछु आज नसामा झुमी रहेछु त्यै सुन्यतामा तर त्यो छैन। त्यो मात्रै छैन अरु सबै छन त्य...

म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज

  म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज बुझ्न केही मनका कुरा आँखा डुलाउँदै, हिंड्न सक्ने मान्छे र पशु रुख पहाड हिंड्न नसक्ने यि दुबैलाई हेर्दै, नयन सेख्दै उत्तर खोज्दै, प्रश्न्न जन्माउंदै आज गूडीरहेछु  म यिनका आँखा नसिला गहिरा जस्तो समुन्द्र को गहिराईमा पुगेर सास निमोठीएर छट्पटाइ रहेको झैं जती हेर्यो उती पिडा खुशी अनेक थरी लुकाइ हिडिरहेका हिंड्ने जतिले तर ति कुनै आँखा मेरा जस्ता छैनन तैपनी म नै ति सबै आँखा  मेरै जस्ता पिडा खुशी अनेक थरी बुझ्न खोज्दैछु म गहिराइमा किन भने गूडीरहेछु सधैं हिंड्ने मान्छे आज बुझ्न केही मनका कुरा  म गूड्दै थिएँ आँखा हेर्दै थिएँ कसैका मैले, आँफैँलाई देखेँ आफ्नोपन देखेँ, त्यहाँ माया देखेँ बाध्यता अनी परिस्थिती देखेँ अनेक थरी जस्तै मेरा र म तड्पिएँ जमिनमा ल्याइ राखेको त्यो कल कल बग्ने खोला को माछा जस्तै संसार बाट बिछिप्त भएजस्तै जस्तै बन्द कोठामा राखेझैँ जंगलको बाघ अत्त्यास लागेर सुर्यको शक्ती लिएर हुर्केको बिरुवा जस्तै जिउँदो हुन खोजेँ  र भएँ त्यो दिन जब म गूड्दै थिएँ सोच्दै मनमा कुरा ...