Posts

Power

What is power? It is the processing of an energy in extreme purity.  Air, Land, Water, Food, Heat is what we live upon. These are basic energy sources which are important for us to survive. We adapted and lived accordingly with them. Only these 5 things make up the entire earth. And we feel all of them. We have all of them inside of us. We exist  because of them.  The power is to process these five things and use them properly.   Process of transformation Air does not exist in reality, it is the word described for infinite small particles combined together.  Land is made up of lot of things including us. It is where the process begins. The soil and rocks make up the land. Water provides life and sun for heat. These are all manifestations of ingredients being put together to create an environment where something could grow and thrive. Land is alive.  The land is a laboratory.  The energy can be gained through loneliness without emotions. Anything t...

के यो सब आँफै हुन्छ?

गलत को हो ? बाघ कि म्रिग ? पैँताला कि कमिला? जन्मनु अचम्म छ जिबाणु वा मानिस सबैले जन्माउँछन भोगाइ र सिकाइ तडप र पिडा तडकभडक र हलचल जिन्दगी का पलमा सबै रमाउँछन  र एक दिन शान्त,अटल निरिह जस्तै ढुङ्गा आगो शहन सक्ने शरीरमा र खरानी माटोमै मिली जाने फेरी ढुङ्गा बन्न के यो सब आँफै हुन्छ? कस्तो अजूबा ?

त्यहाँ केही छैन ।

   त्यहाँ केही छैन। हुने भएकोले नै मैले केही भनेको हुँ तर त्यहाँ साँचिकै केही छैन  छ त केबल त्यो खालिपन आफैँमा केही छ त्यो सुन्यता मात्र छ  त्यहाँ जहाँँ केही छैन। त्यो अनेक रुप लिन सक्छ त्यो सबैमा हुन्छ त्यसैले सबै बनेका छन  तर त्यो छैन किन भने त्यहाँ केही छैन त्यो सुन्यता मात्र छ म पनि त्यही हुँँ उ पनि त्यही त्यो पनि त्यही हो यो पनि त्यही तर त्यो र म एउटै देख्दिन हाम्रो सोचहरु पनि हेर मिल्दैन परिस्थिती अनी बाध्यता धेरै छन तर मान्न त धेरै म मान्दिन जे जे त्यो सबै उही हो राम्रो नराम्रो बेग्ला बेग्लै कुरा छन  त्यस्को लागि समय पनि त्यही  हो समय छ ? छैन तर घडी छ? छ  त्यसैले समय पनि छ चक्र छ समयको पनि न त भबिस्य मात्र छ भोली हुने कुरा भईसकेका छन कि ? हिजो भको कुराहरु फेरी हुने हुन कि ? समय छ छैन तर घडी छ यो घडी हेरी बताइदेउ के हुन्छ अब भोली? सबै घुमीरहेछन चक्रमा सुर्य पनि आफ्नैमा ग्रह पनि आफ्नैमा सबै घुमी रहेछन म पनि घुमिरहेछु आज नसामा झुमी रहेछु त्यै सुन्यतामा तर त्यो छैन। त्यो मात्रै छैन अरु सबै छन त्य...

म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज

  म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज बुझ्न केही मनका कुरा आँखा डुलाउँदै, हिंड्न सक्ने मान्छे र पशु रुख पहाड हिंड्न नसक्ने यि दुबैलाई हेर्दै, नयन सेख्दै उत्तर खोज्दै, प्रश्न्न जन्माउंदै आज गूडीरहेछु  म यिनका आँखा नसिला गहिरा जस्तो समुन्द्र को गहिराईमा पुगेर सास निमोठीएर छट्पटाइ रहेको झैं जती हेर्यो उती पिडा खुशी अनेक थरी लुकाइ हिडिरहेका हिंड्ने जतिले तर ति कुनै आँखा मेरा जस्ता छैनन तैपनी म नै ति सबै आँखा  मेरै जस्ता पिडा खुशी अनेक थरी बुझ्न खोज्दैछु म गहिराइमा किन भने गूडीरहेछु सधैं हिंड्ने मान्छे आज बुझ्न केही मनका कुरा  म गूड्दै थिएँ आँखा हेर्दै थिएँ कसैका मैले, आँफैँलाई देखेँ आफ्नोपन देखेँ, त्यहाँ माया देखेँ बाध्यता अनी परिस्थिती देखेँ अनेक थरी जस्तै मेरा र म तड्पिएँ जमिनमा ल्याइ राखेको त्यो कल कल बग्ने खोला को माछा जस्तै संसार बाट बिछिप्त भएजस्तै जस्तै बन्द कोठामा राखेझैँ जंगलको बाघ अत्त्यास लागेर सुर्यको शक्ती लिएर हुर्केको बिरुवा जस्तै जिउँदो हुन खोजेँ  र भएँ त्यो दिन जब म गूड्दै थिएँ सोच्दै मनमा कुरा ...

दाँत देखिएको बेला

संसारका कोही चाहिन्नन न त कुनै सिमाना रहन्छ मात्र उर्जा हुन्छ र हाँसो ओठमा निकै मोहितपूर्ण आभास हुन्छ अनेक आत्मियता अनी मन बिचार मुक्त हुन्छ दाँत देखिएको बेला। अर्को त्यो क्षण जब ओठ टालिन्छन र दाँत ढाकिन्छन अाफ्नै नाकको अस्तित्व देखिन थाल्छ अनेक आँकलन अनी सोचहरु सही अनी गलतका तौलहरु मन खिन्न बनाइजान्छ डरको त्यो पिँजडामा मलाई राखेर आत्तिन्छु म अतालिन्छु  अनी फेरी दाँत देखाउँछु उही न्यानोपन फर्केर आउँछ।।  भावनाहरु अनगिन्ती होलान तर महत्वपूर्ण हाँसो नै रहेछ भनी निराशाले मलाई  सिकायो धेरै माध्यमछन यि ओठ मुस्कुराउनुको र हरेक तिनका कारण पनि तर यि सिलाइएका ओठले भन्ने गर्छ संगीत,गणित हुन सृस्‍टिका भाषा सुरु हुन्छ जीवन यो कसैको हाँसोमा र अन्त्य पनि हाँसो नै हो भनी हाँसोले मलाई सिकायो।  यि अनेक थरी कुरा सोच्ने गर्छु ओठ टालिएको बेला र अनन्त अन्तर्मनमा बिलाउँछु म दाँत देखिएको बेला दाँत देखिएको बेला।।

म र मेरो एक्लोपन

  जब भिडमा जान्छु नानाथरी मानिस देख्छु चलचित्रका पात्रझैँ सबैलाई ब्यस्त पाउँछु जब फर्किन्छु आफ्नो संसारमा हाँसेर खिल्ली उडाउँछ यही मेरो एक्लोपन।। आँखा बन्द गरेर हेर्छु मनमा तस्बिर झल्झली सामुन्ने आउँछन मुस्कुराउँछु यि यादहरुमा झट्ट उसले ब्युँझाइदिन्छ यही मेरो एक्लोपन।। झुक्क्याएर उसलाई सोच्ने गर्छु ति मिठा पलहरु समय र सम्झनाहरु थुनिएर बस्छु उसले नदेख्ने गरी तैपनी उस्ले ढोका ढकढक्याइदिन्छ यही मेरो एक्लोपन।।    म कल्पनामा रमेको हुन्छु सपनालाई समात्न खोज्छु उ भन्छ कोही छ त म छु मै हुँँ तेरो अरु त सबै सोच हुन कल्पनाका अनेक रोग हुन स्विकार मलाई भन्छ यही मेरो एक्लोपन। यही मेरो एक्लोपन।।