के कस्तो हुन्थ्यो होला?
यदी समय भावनामा बग्ने भए
मानब दिमागको अधीनमा नरहे
कस्तो हुन्थ्यो होला?
पहाडको शान्ती, खोलाको अबिरलतामा
पवनको बेगसँग बग्दा तरलतामा
सुख अनी दु:ख एउटै, बाँच्दा सरलतामा
कस्तो हुन्थ्यो होला?
बोट बिरुवाले बोल्दा
जनावरले सोध्दा
यस्तै खाले प्रश्नको उत्तर माग्दा
कस्तो पो हुन्थ्यो होला?
जब माया प्रक्रितीसित अनन्तमनमा
सबै धर्म र भगवान आफ्नै मनमा
पर्मात्मालाई चिन्तन गर्दा स्वयंमा
कस्तो हुन्थ्यो होला ?
मानब दिमागको अधीनमा नरहे
कस्तो हुन्थ्यो होला?
पहाडको शान्ती, खोलाको अबिरलतामा
पवनको बेगसँग बग्दा तरलतामा
सुख अनी दु:ख एउटै, बाँच्दा सरलतामा
कस्तो हुन्थ्यो होला?
बोट बिरुवाले बोल्दा
जनावरले सोध्दा
यस्तै खाले प्रश्नको उत्तर माग्दा
कस्तो पो हुन्थ्यो होला?
जब माया प्रक्रितीसित अनन्तमनमा
सबै धर्म र भगवान आफ्नै मनमा
पर्मात्मालाई चिन्तन गर्दा स्वयंमा
कस्तो हुन्थ्यो होला ?
Comments
Post a Comment