मनको समानता हो शायद

हाँसोका लर्का हराइसके
आसुँका बहाना बिलाइसके
त्यती चन्चल मन आजकल
सन्तको भाँती थामिइसके
परीपक्वता भनुँ या पागलपन
शान्त, अटल, सागर सरी छ मन
खोइ कसरी आजकल ?

पाउनु, गुमाउनु उही छ
हुनु, नहुनु उही छ
मगजको खेल हो या स्वयमको भ्रम
सुरुवात अनी समाप्ती धरी उही छ।
हेर्नु, नहेर्नु, सुन्नु, नसुन्नु
बुझ्नु नभुझ्नु, महसुस हुनु नहुनु
सुख दु:ख उही छ
हाँसो आसुँ उही छ
ॠषिको तपझैँ खै कसरी?

अरु त के कुरा ?
मनको समानता ले  हो शायद
मर्नु अनी जिउनु पनि उही छ।।

Comments

Popular posts from this blog

त्यहाँ केही छैन ।

म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज

उत्तर