Posts

Showing posts from August, 2018

म र मेरो एक्लोपन

  जब भिडमा जान्छु नानाथरी मानिस देख्छु चलचित्रका पात्रझैँ सबैलाई ब्यस्त पाउँछु जब फर्किन्छु आफ्नो संसारमा हाँसेर खिल्ली उडाउँछ यही मेरो एक्लोपन।। आँखा बन्द गरेर हेर्छु मनमा तस्बिर झल्झली सामुन्ने आउँछन मुस्कुराउँछु यि यादहरुमा झट्ट उसले ब्युँझाइदिन्छ यही मेरो एक्लोपन।। झुक्क्याएर उसलाई सोच्ने गर्छु ति मिठा पलहरु समय र सम्झनाहरु थुनिएर बस्छु उसले नदेख्ने गरी तैपनी उस्ले ढोका ढकढक्याइदिन्छ यही मेरो एक्लोपन।।    म कल्पनामा रमेको हुन्छु सपनालाई समात्न खोज्छु उ भन्छ कोही छ त म छु मै हुँँ तेरो अरु त सबै सोच हुन कल्पनाका अनेक रोग हुन स्विकार मलाई भन्छ यही मेरो एक्लोपन। यही मेरो एक्लोपन।।

साथीहरुको ठुलो हात छ।

डर लाई हिम्मत बनाउदैछु। दर्द लाई ताकत बनाउदैछु। मायाको अर्थ बुझेर होला ,  दुस्मन लाई साथी बनाउदैछु। मुटुमा छेडेझै हुन्छ सियोले तिम्रो याद आउँदा , न भोक , न निन्द्रा लाग्छ तिम्रो प्यार लाउँदा। नारायण त होइन , नारायणगोपाल को साथ छ। दु : ख लाग्छ खुब तर हाँस्न हँसाउनमा   साथीहरुको ठुलो हात छ।

को थियो त्यो जस्ले मानीस बनायो?

  मानीसले मात्र मानीस पैदा गर्छ भने को थियो त्यो जस्ले मानीस बनायो? शिक्षा ज्ञानको परीभासा थियो खोइ कस्ले हो किन कागजको ब्यवसाय बनायो? भगवान एक समय मानब नै  थिए धर्म नैतीकतामा थियो खोइ कस्ले पहिलो मन्दिर बनायो? यौन जीवन दिने उत्कर्स थियो मायाको परिचय र अर्थ थियो कस्ले खोइ कहिले यौवनलाई  ब्यवसाय बनायो? रगत, हाड, मासु एउटै थियो सुख दु:ख सबैलाई  थियो तैपनी कस्ले खोइ किन भेदभाब गरायो ? जमिन सबैको साझा थियो हावा पानी सबैको एउटै थियो को थियो जस्ले किल्ला गाडेर 'देश' बनायो। निवस्त्र छ  जन्म निवस्त्र छ  मरण को थियो? जस्ले कपडा बनायो। रहर धेरै मानीसमा मानीस धेरै शहरमा आखिर को थ्यो त्यो जस्ले पैसा बनायो?