म र मेरो एक्लोपन
जब भिडमा जान्छु
नानाथरी मानिस देख्छु
चलचित्रका पात्रझैँ
सबैलाई ब्यस्त पाउँछु
जब फर्किन्छु आफ्नो संसारमा
हाँसेर खिल्ली उडाउँछ
यही मेरो एक्लोपन।।
आँखा बन्द गरेर हेर्छु
मनमा तस्बिर झल्झली
सामुन्ने आउँछन
मुस्कुराउँछु यि यादहरुमा
झट्ट उसले ब्युँझाइदिन्छ
यही मेरो एक्लोपन।।
झुक्क्याएर उसलाई
सोच्ने गर्छु ति मिठा पलहरु
समय र सम्झनाहरु
थुनिएर बस्छु उसले नदेख्ने गरी
तैपनी उस्ले ढोका ढकढक्याइदिन्छ
यही मेरो एक्लोपन।।
म कल्पनामा रमेको हुन्छु
सपनालाई समात्न खोज्छु
उ भन्छ कोही छ त म छु
मै हुँँ तेरो
अरु त सबै सोच हुन
कल्पनाका अनेक रोग हुन
स्विकार मलाई भन्छ
यही मेरो एक्लोपन।
यही मेरो एक्लोपन।।
Comments
Post a Comment