म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज
म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज
बुझ्न केही मनका कुरा
आँखा डुलाउँदै,
हिंड्न सक्ने मान्छे र पशु
रुख पहाड हिंड्न नसक्ने
यि दुबैलाई हेर्दै, नयन सेख्दै
उत्तर खोज्दै, प्रश्न्न जन्माउंदै
आज गूडीरहेछु म
यिनका आँखा नसिला
गहिरा
जस्तो
समुन्द्र को गहिराईमा पुगेर
सास निमोठीएर
छट्पटाइ रहेको झैं
जती हेर्यो उती
पिडा खुशी
अनेक थरी
लुकाइ हिडिरहेका हिंड्ने जतिले
तर
ति कुनै आँखा मेरा जस्ता छैनन
तैपनी म नै ति सबै आँखा
मेरै जस्ता पिडा खुशी
अनेक थरी
बुझ्न खोज्दैछु म
गहिराइमा
किन भने
गूडीरहेछु सधैं हिंड्ने मान्छे आज
बुझ्न केही मनका कुरा
म गूड्दै थिएँ
आँखा हेर्दै थिएँ
कसैका मैले,
आँफैँलाई देखेँ
आफ्नोपन देखेँ,
त्यहाँ
माया देखेँ
बाध्यता अनी परिस्थिती देखेँ
अनेक थरी
जस्तै मेरा
र म तड्पिएँ
जमिनमा ल्याइ राखेको
त्यो कल कल बग्ने खोला को माछा जस्तै
संसार बाट बिछिप्त भएजस्तै
जस्तै बन्द कोठामा राखेझैँ
जंगलको बाघ
अत्त्यास लागेर
सुर्यको शक्ती लिएर
हुर्केको बिरुवा जस्तै
जिउँदो हुन खोजेँ र भएँ
त्यो दिन
जब म गूड्दै थिएँ
सोच्दै मनमा कुरा
गूडीरहेछु, सधैं हिंड्ने मान्छे आज
बुझ्न केही मनका कुरा
Comments
Post a Comment