त्यहाँ केही छैन ।

 
 त्यहाँ केही छैन। हुने भएकोले नै मैले केही भनेको हुँ
तर त्यहाँ साँचिकै केही छैन 
छ त केबल त्यो खालिपन आफैँमा केही छ
त्यो सुन्यता मात्र छ 
त्यहाँ जहाँँ केही छैन।
त्यो अनेक रुप लिन सक्छ
त्यो सबैमा हुन्छ
त्यसैले सबै बनेका छन 
तर त्यो छैन
किन भने त्यहाँ केही छैन
त्यो सुन्यता मात्र छ

म पनि त्यही हुँँ
उ पनि त्यही
त्यो पनि त्यही हो
यो पनि त्यही

तर त्यो र म एउटै देख्दिन
हाम्रो सोचहरु पनि हेर मिल्दैन
परिस्थिती अनी बाध्यता धेरै छन
तर मान्न त धेरै म मान्दिन

जे जे त्यो सबै उही हो
राम्रो नराम्रो बेग्ला बेग्लै कुरा छन 
त्यस्को लागि समय पनि त्यही  हो
समय छ ?
छैन
तर घडी छ?

 त्यसैले समय पनि छ
चक्र छ समयको पनि
न त भबिस्य मात्र छ
भोली हुने कुरा भईसकेका छन कि ?
हिजो भको कुराहरु फेरी हुने हुन कि ?
समय छ
छैन तर घडी छ
यो घडी हेरी बताइदेउ के हुन्छ अब भोली?
सबै घुमीरहेछन
चक्रमा
सुर्य पनि आफ्नैमा
ग्रह पनि आफ्नैमा
सबै घुमी रहेछन

म पनि घुमिरहेछु
आज नसामा झुमी रहेछु
त्यै सुन्यतामा
तर त्यो छैन।
त्यो मात्रै छैन अरु सबै छन
त्यस्ले बनेका
नानाथरी कुराहरु।। 

 


 

 


Comments

Popular posts from this blog

म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज

उत्तर