को थियो त्यो जस्ले मानीस बनायो?
मानीसले मात्र मानीस पैदा गर्छ भने
को थियो त्यो जस्ले मानीस बनायो?
शिक्षा ज्ञानको परीभासा थियो
खोइ कस्ले हो किन कागजको ब्यवसाय बनायो?
भगवान एक समय मानब नै थिए
धर्म नैतीकतामा थियो
खोइ कस्ले पहिलो मन्दिर बनायो?
यौन जीवन दिने उत्कर्स थियो
मायाको परिचय र अर्थ थियो
कस्ले खोइ कहिले यौवनलाई ब्यवसाय बनायो?
रगत, हाड, मासु एउटै थियो
सुख दु:ख सबैलाई थियो
तैपनी कस्ले खोइ किन भेदभाब गरायो ?
जमिन सबैको साझा थियो
हावा पानी सबैको एउटै थियो
को थियो जस्ले किल्ला गाडेर 'देश' बनायो।
निवस्त्र छ जन्म
निवस्त्र छ मरण
को थियो? जस्ले कपडा बनायो।
रहर धेरै मानीसमा
मानीस धेरै शहरमा
आखिर को थ्यो त्यो जस्ले पैसा बनायो?
Comments
Post a Comment