दाँत देखिएको बेला

संसारका कोही चाहिन्नन
न त कुनै सिमाना रहन्छ
मात्र उर्जा हुन्छ र हाँसो ओठमा
निकै मोहितपूर्ण आभास हुन्छ
अनेक आत्मियता अनी मन
बिचार मुक्त हुन्छ
दाँत देखिएको बेला।

अर्को त्यो क्षण जब ओठ टालिन्छन
र दाँत ढाकिन्छन अाफ्नै
नाकको अस्तित्व देखिन थाल्छ
अनेक आँकलन अनी सोचहरु
सही अनी गलतका तौलहरु
मन खिन्न बनाइजान्छ
डरको त्यो पिँजडामा मलाई राखेर
आत्तिन्छु म अतालिन्छु 
अनी फेरी दाँत देखाउँछु
उही न्यानोपन फर्केर आउँछ।। 

भावनाहरु अनगिन्ती होलान
तर महत्वपूर्ण हाँसो नै रहेछ
भनी निराशाले मलाई  सिकायो
धेरै माध्यमछन यि ओठ मुस्कुराउनुको
र हरेक तिनका कारण पनि
तर यि सिलाइएका ओठले भन्ने गर्छ
संगीत,गणित हुन सृस्‍टिका भाषा
सुरु हुन्छ जीवन यो कसैको हाँसोमा
र अन्त्य पनि हाँसो नै हो
भनी हाँसोले मलाई सिकायो। 

यि अनेक थरी कुरा सोच्ने गर्छु
ओठ टालिएको बेला
र अनन्त अन्तर्मनमा बिलाउँछु म
दाँत देखिएको बेला
दाँत देखिएको बेला।।

Comments