कल्पना एउटा, हजार सपना पुरा गर्ने

बर्खामा चौंरी लेकमा चर्ने
हिउंदोमा तल बेँसीमा झर्ने
माया, खुशीले यो छाती भर्ने
युवा, बयस्क अनी बुढो भइ मर्ने

तर त्यो भन्दा अघी,
कल्पना एउटा, हजार सपना पुरा गर्ने

अरुलाई हेरी आएका ति
चाहना र सपनाहरु
सबैले पाउन, सबै रमाउन्
मायाले बाँचुन, सद्भाबले हात समाउन
सांसारिक,आध्यात्मिक,दार्शनिक बनी
ब्रह्माण्डका सत्य आँफैंमा भेट्टाउन
खोज मेरो अन्तर्मनमा  पर्ने
सपना हजार मध्धे एक तिनलाई सहयोग गर्ने

कल्पना  एउटा, तीनका हजार सपना पुरा गर्ने ।।


Comments

Post a Comment