यो जिन्दगीमा

 
 नाच्न, झुम्न, हाँस्न मन लाग्यो
तिमी सँग रमेर
सधैं सधैं यो जिन्दगीमा।

एक्लै कोठामा थुनिएर बस्न मन लाग्यो
कसैलाई केही नभनी
दु:ख मनाउँदै यो जिन्दगीमा।

खुलेर, डुलेर हिंड्न मन लाग्यो
हिमाल, पाखा, लेक, बेँशी
नयाँँ सुरुवात खोज्दै जिन्दगीमा।।

मन चिथोरेर रिसाउन मन लाग्यो
संसारको सबै अराजकता सिध्याउन
सही र गलतको लफडा यो जिन्दगीमा।।

शान्त, ज्ञानी, अटल मन लिएर बस्न मन लाग्यो
जन्मेको र मरेको देख्दा उही एउटै सुर
सुख र दु:ख एकै नाश यो जिन्दगीमा।।   

Comments

Popular posts from this blog

त्यहाँ केही छैन ।

म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज

उत्तर