मेरो कल्पनाको संसारमा

 
 मन भुलाउने हजार माध्यम छन म सित ।
तर मस्तिस्कमा तिमी छौ मेरो भित्र।

सुन्दर फुलको बाग।
र तिमी छुँदै ति फुलहरु।
हाँस्छौ मिठो लहरमा
यो मेरो कल्पनाको संसारमा।।

रोकिएझैँ लाग्छ धड्कन पनि
र जब म तिर हेर्छौ फर्किएर,
मुटु पड्किएर सास रोकिन्छ
र दिमाग खाली भइदिन्छ।
यो मेरो कल्पनाको संसारमा।।

तिमी नजिक आउँदा
आँखाले देख्दैन अरु केही
सुन्यता आभास हुन्छ
ओठ चलाउँदा तिमिले
सुन्न मात्र मन हुन्छ
न बुझ्न न उत्तर दिन,
सुनाउँदा तिमीले ति कुरा
हाँसेर मज्जामा जब
मन हाँसेर आउँछ मेरो
र भित्र देखी आनन्द आउँछ
यो मेरो कल्पनाको संसारमा।।


Comments

Popular posts from this blog

त्यहाँ केही छैन ।

म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज

उत्तर