कांचै छ अझै पनि

कांचै छ अझै पनि
शायद मलजल नपुगेर हो।
बाँचेकै छ तैपनी
शायद काल नआएर हो।
सरर हल्लाउँदा पात हावाले उहिले
मिठो आवाज सुनिन्थ्यो जहिले।
कोही छहारी लिन्थे त कोही ओत
आहा। कती मिठो आनन्द को श्रोत।
अहिले एक सानो हावाको झोँकले पनि
ढल्छ झै लाग्छ खोइ किन ?
उजाड यो तरुझैँ मेरो जिन्दगी।
कांचै छ अझै पनि
कांचै छ अझै पनि ।।
त्यसैले, 
हरेक रात मर्ने गर्छु म
अनी सपनामा बिंउझन्छु फेरी
सास फेरी,कोल्टे फेरी नफेरी।
हरेक रात मर्ने गर्छु म।
आँखा खुल्छ एका बिहान
अर्को सपनामा म बिउंझन्छु फेरी
त्यहा, जहाँं हेर्नु छ, बोल्नु छ,
हिंड्नु छ, अनी सुन्नु छ यि इन्द्रियले.
दुई जिन्दगीको भोग गर्छु म
तर हरेक रात मर्ने गर्छु म।

Comments

Popular posts from this blog

त्यहाँ केही छैन ।

म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज

उत्तर