माया तिमी कती राम्री है!

बसन्तको पहिलो गुराँस हेरी,
खुशी लाग्छ तिमीलाई देखी।
टाढा हुँदा पनि महसुस हुन्छ यसरी,
पहिलो झरीको बासना फैले सरी।

आँखामा तिम्रो मनको चित्र देखिने,
हाँसोमा  तिम्रो यो ज्यानै लोभिने,
तारा र जुनको रमझम मलाई,
त्यो चाँदनी स्वरूप हेरी तिमीलाई,
भन्न मन छैन अरु केही,
मेरो माया सधैं सधैं तिमीलाई।।

माया तिमी कती राम्री है !

समय त मनले चल्दो छ,
तिम्रो सामु त्यस्को नि केही नचल्दो छ,
बर्ष पनि दिन अनी दिन त छिनमै बिलाउँदो छ,

लाग्छ जिन्दगीको लक्ष्य पूर्ण भयो तिमीलाई देखी,
अरु केही चहिंदैन, सास मेरो रोकियोस तिमीलाईनै हेरी।

माया तिमी कती राम्री है!
कत्ती राम्री ...




Comments

Popular posts from this blog

त्यहाँ केही छैन ।

म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज

उत्तर