कहिले लाग्छ संसार जित्छु, समय मुट्ठीमा छझैँ लाग्छ, कहिले संसार त्याग गर्न मन लाग्छ,अनी समय एकछिन पनि दिनझैँ लाग्छ। कहिले जिन्दगी हाँसेर गुजारुँझैँ लाग्छ, त्यसबेला समयको पत्तो रहन्न, कहिले ठुलो पहाड जत्रो गल्ती पनि सानो ढुङ्गाझैँ लाग्छ, कहिले सानो ढुङ्गा पनि पहाड भै उभिन्छ।। कहिले पागल हुँ झैँ लाग्छ, त्यसैमा चित्त बुझाउँछु। कहिले पर्मात्मा बनी अर्ती-उपदेश दिन्छु। बुझेँ जिन्दगी समयले होइन, भावनामा चल्दो रहेछ। र भावना मनबाटै निस्कने रहेछ।।
Comments
Post a Comment